रौतहट, १८ फागुन। रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ३ स्थित वि.पी.चोकबाट भन्सार छलीको मोबाईल र घडी सहित १ जना मानिस पक्राउ परेको छ।
भारतको विहार राज्य मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल घर भएका वर्ष २८ वर्षिय महम्द हसन आलम पक्राउ परेको हो ।
निजले बोकेको झोला चेकजाँच गर्दा झोला भित्रबाट अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी १ लाख ४४ हजार ८ सय ६६ मुल्य बराबरको ओपो कम्पनीको ३ वटा मोबाईल तथा भिभो कम्पनीको १ वटा मोबाईल समेत गरी जम्मा ४ वटा मोबाईल र टाईटन कम्पनीको १४ वटा घडी फेला परेको प्रहरीले जनाएको छ । हसनबाट नियन्त्रणमा लिईएको सामग्रीहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।






