काठमाण्डौं,८ मंसिर ।

विभागिय मन्त्रीले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगिबाट जोगिएका छन् ।भाषा परीक्षा उत्र्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन् ।बैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट भोग्नुपरेका समस्याका बारेमा संञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे मन्त्री स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफै होटल पुगेका थिए । मंगलबार राती मन्त्रीको मोबाईलमा आएको सुचनाका आधारमा उहाँ सुरक्षाकर्मी, श्रम विभागका अधिकारी सहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुग्नुभएको थियो । बुधवार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सातदिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको थियो । पीडीत युवाहरुले आफुहरुलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसंग गरेका थिए ।पीडीतहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न निर्देशन पनि दिनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो – ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे । जो जो सँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस् । अब तपाईँलाई मर्का प¥यो होला, कसले एग्रिमेन्ट ग¥यो ऊ सँग माग्नुस् । यो भाइबैनीहरुसँग माग्ने होइन ।वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानविन हुने र भविश्यमा यसता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन दिनुभयो । उहाँले भन्नुभयो – ‘भाइहरुले अहिलेसम्म जति टेन्सन लिनुभयो, जति टर्चर लिनुभयो त्यसका लागि सरी । मन्त्रालयको हेड त म हो । एउटा खरिदार, कर्मचारी जसले गल्ती गरेपनि त्यसको जिम्मेवारी त मैले लिनुपयो । म फेरी जिम्मेवारीबाट पन्छिने मन्त्री होइन । भाईहरु कोही ४ दिन, कोही ५ दिन, कोही ७ दिन बसेको छ । त्यो हिसाबले क–कसको लिनुभएको छ फिर्ता गर्नुस् । उहाँहरु उड्ने बेलामा म एयरपोर्ट आउँछु त्यहाँ एकजना भाईहरुले कम्प्लेन ग¥यो भने तपाईँलाई सिधै थुन्छु है म फेरी । क्लियर हुनुस् है त ।’पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सुचना पु¥याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सुचनाको आधारमा मन्त्री आफै आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गर्नुभयो ।उहाँले सरकारी संयन्त्रमा भएका सबैले मन्त्री श्रेष्ठले जसरी कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने बताउनुभयो । भाषा परीक्षा पास गरेका युवाहरु बुधवार साँझ कोरिया प्रस्थान गर्दैछन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here