सरकारले संसदमा प्रस्तुत गरेको एमसीसी सम्झौंता अनुमोदन भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको आईतबार बसेको दोस्रो बैठकले व्याख्यात्मक घोषणासहित सो प्रस्ताव अनुमोदन गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो प्रस्ताव पारित गरियोस् भनि प्रस्ताव गर्नु भएको थियो । त्यसलाई निर्णयार्थ सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्तुत गर्नु भयो भने सांसदहरुको बहुमतले सो प्रस्तावलाई संसदबाट अनुमोदन गरिएको हो । यस अघि सो प्रस्तावसम्बन्धि व्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसदहरुले सो सम्झौतामाथिको आशंका व्याख्यात्मक घोषणामा समेटिएको उल्लेख गर्दै अव ढुक्कसँग पास गर्न उपयुक्त हुने धारणा राख्नु भएको थियो भने यसको विरोध गर्ने सांसदहरुले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्विकार गर्ने प्रावधान नभएको भन्दै आपत्ति जनाएका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले सो प्रस्ताव पारित गर्नेहरुलाई देशद्रोही भएको आरोप लगाउनु भएको थियो भने काँग्रेस सांसद गगनकुमार थापाले सो सम्झौतामा एउटा पनि राष्ट्रघात भए आफू मर्न तयार हुने चेतावनी दिनु भयो । एमालेका सांसद भिम रावलले सो सम्झौता राष्ट्रघाती भएको भन्दै पारित गर्न नहुने अडान दोहो¥याउनु भएको थियो । काँग्रेस सचेतक पुष्पा भुसालले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने प्रस्ताव ल्याएको भन्दै सरकारलाई र सत्तारुढ दलका नेताहरुलाई धन्यवाद दिनु भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते अपरान्ह २ बजेका लागि बोलाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here