रौतहट, ६ फागुन ।
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले ४ तल्ले विद्यालय भवनको शिलान्यास गर्नु भएको छ । नगर प्रमुख गुप्ताले नगरमा रहेको जिल्लाकै पुरानो विद्यालय श्री जुद्ध नमूना माध्यमिक विद्यालयको नया भवनको शिलान्यास गरेको हो।
संघिय सरकारको आर्थिक सहयोगमा करिब ४ करोडको लागतमा पाचँवर्ष भित्र क्रमिक रुपमा काम सम्पन्न गर्ने गरि ४ तल्ले भवनको निर्माण हुन लागेको निमित प्रमुख प्रशासकिय अधिकृत सुबास कुमार ठाकुरले जानकारी दिनु भयो । ठाकुरका अनुसार यस वर्षको लागि ९९ लाख बराबरको रकम बिनयोजन गरिएको समेत जानकारी प्राप्त भएको छ ।
जिल्लाकै सबैभन्दा पुरानो तथा एतिहासिक श्री जुद्ध नमूना माध्यमिक विद्यालयको शिक्षा व्यस्था लगायतका गतिबिधि सुधार, मजबुत बनाउन अथक प्रयास निरन्तर रहने नगर प्रमुख गुप्ताले बताएका छन ।
कार्यक्रममा विद्यालयका प्रअ चन्देश्वर राउत, गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभाष कुमार ठाकुर , जिन्सी तथा योजना शाखा प्रमुख जितेन्द्र भारती लगायत समाजसेवी जनप्रतिनिधी एवम संचारकर्मीहरुका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here