रौतहट, ५ फागुन ।
नेपाल सरकारका उपसचिव सुरेन्द्र प्रधानको पदस्थापना सलार्हीको हरिवन नगरपालिकामा भएको छ ।
रौतहटको जिल्ला समन्वय समितिका साथै केही नगरपालिकाहरुको प्रमुख प्रशासकिय अधिकृतको भुमिका निर्वाह गरि सक्नु भएका प्रधानको अबको यात्रा भन्ने सलार्ही जिल्लाको हरिवन नगरपालिकामा हुने भएको हो ।
रौतहटको फतुवा विजयपुर, गौर नगरपालिका, राजपुर नगरपालिका र चन्द्रनिगाहपुर नगरपालिकामा सफल रुपमा कार्य गरि सक्नु भएका उपसचिव प्रधानको संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले हरिवन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको हैसियतमा सरुवा तथा पदस्थापना गरेको उनले रेडखबर लाई जानकारी दिनु भएको हो । बुधबार हाजिर हुनु भएका प्रधानको स्वागत नगर प्रमुख तथा अन्य जनप्रतिनिधीहरुले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here