पुस ९, २०७८। काठमाडौं- बंगलादेशको सुगन्धा नदीमा यात्री लिएर जाँदै गरेको एक डुंगामा आगलागी हुँदा कम्तिमा पनि १६ जनाको मृत्यु भएको छ। यो दुर्घटना झालकोटी जिल्लामा भएको हो।

बारिसालको संभागीय आयुक्त सैफुल हुसेनले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ। उनका अनुसार मृतकको संख्या बढ्न सक्छ।

‘एमवी अभियान’ नामको यो डुंगा बारगुना जानका लागि ढाकाबाट निस्किएको थियो। झालकोटी जिल्लामा पुग्नेक्रममा सुगन्धा नदीमा बिहान डुंगामा इन्जिनमा आगो लागेको थियो।

घाइतेलाई बारिसाल सदर अस्पताल र स्थानीय अस्पतालमा भर्ती गराइएको छ। डुंगामा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ।

झालकोटीका एक स्थानीय पत्रकारले बीबीसीलाई बताए अनुसार बिहान साढे ३ बजे डुंगामा आगलागी भएको थियो। ज्यान बचाउनका लागि कयौं यात्री नदीमा हामफालेका थिए।

डुंगामा क्षमता भन्दा बढी यात्रु रहेको र इन्जिन कक्षबाट आगोको सुरुआत भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here