बारा १८ मंसिर
बारा प्रहरीले अवैध गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । निजगढको थली भञ्ज्याङमा लगाइएको अवैध गाँजा खेती नष्ट गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो।
अभियान अनुसार ५ बिघा १० कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको उँहाले बताउनुभयो। मंसिर १६ गतेदेखि गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय निजगढको टोलीले दुई दिनदेखि गाँजा नष्ट गरिरहेको छ ।
पहिलो दिन प्रहरी उपरीक्षक पंगेनी स्वयं गाजा खेती नष्ट गर्न लाल पुगेका थिए ।
थली भन्ज्याङमा २ बिघा १० कठ्ठा र लाल टोलमा ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
थली भञ्ज्याङमा ऐलानी जग्गामा र लाल टोलमा मकैभित्र गाँजा खेती गरिएको थियो ।







