रौतहट, १८ मंसिर ।
बर्षो देखि अलपत्र रहेको पुल निर्माणका कारण रौतहटको सदरमुकामबाट इशनाथ नगरपालिका जान अफ्ठेरो भइ रहेको सबैमा सर्व विदितैं छ ।
जिल्लाको सदरमुकामसंग जोडेर रहे पनि लाल बकैया नदीमा निर्माण हुन नसकेको पुलका कारण इशनाथ नगरपालिकाबासीहरु अन्य नगरपालिकाको दश पन्द्र किलो मिटर घुमाउरो बाट प्रयोग गरि आफनो नगरपालिका जान बाध्य भएको देखेर नगर प्रमुख सन्तोष कुमार मेहताले नगरवासीका सहजताका लागि बकैया नदिमा डाईभरसन निर्माणको कार्य थालेका छन् ।
अन्यवर्षहरुमा पनि आफना नगरका सर्वसाधारणका लागि बकैया नदिमा डाईभरसन निर्माण गराउदैं आएको नगरपालिकाले सुख्खा मौसम आएसंगैं बाटो सुचारुका लागि पुन यस वर्ष पनि बकैया नदिमा डाईभरसन बनाउन लागेको हो ।


रौतहटको ईशनाथ नगरपालिका र गौर नगरपालिकाको बिचमा रहेको लाल बकैया नदिमा डाईभरसन निर्माणको कामगराउन नगर प्रमुखले नगरापालिकाको जेसीवि लगायतका सामग्रीहरु प्रयोग गर्नुका साथै निर्माण स्थलमा आफै गए पछि कार्यमा तीब्र आएको स्थानियहरुको प्रतिक्रिया रहेको छ ।
नगर प्रमुखले रौतहटका सांसद प्रभुसाह लगायत अन्य सम्बन्धित निकायमा पनि पटक पटक अधुरो रहेको पुल निर्माणमा गति थप्नका लागि लिखित तथा मौखिक अनुरोध गर्दै आएको र अब चाडैं नै निर्माणको कार्यमा तिब्रता आउने आश्वास प्राप्त भएको नेकपाका नगरकमिटी अध्यक्ष मोहन मेहताले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here