धनुषा — लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रदेश सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । प्रदेश सभामा प्रदेश नम्बर २ सरकारकोतर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साहले अध्यादेश प्रस्तुत गर्न खोजेपछि लोसपाका सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका हुन् ।

सरकारले प्रदेश सभालाई छलेर ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेशको उद्देश्य प्रष्ट नरहेको भन्दै लोसपाका प्रदेश सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख सरोजकुमार यादवले समाजिक विकासमन्त्री साहलाई अध्यादेश प्रस्तुत गर्न अनुमति दिएपछि लोसपा संसदीय दलका सचेतक परमेश्वर साहले उभिएर बैठकमा अध्यादेश प्रस्तु हुन नदिने बताएका थिए ।
लोसपाका अन्य सांसदहरु समेत उभिएपछि प्रदेश सभा बैठक १५ मिनेटका लागि सभामुख यादवले स्थगित गरेका छन् । अध्यादेश फिर्ता नभएसम्म बैठक चल्न नदिने लोसपाले अडान लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here