अखिलेश कुमार यादव । रौतहट ।
रौतहट जिल्लाको गढ़िमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले नगरपालिका भरिको छठ ब्रतालुहरुलाई सोमबार साडी सेट वितरण गर्नु भएको छ ।
तराईको जिल्लामा मनाइने छठ पर्व मुख्य पर्वको रुपमा मानिन्छ । नगरपालिका भित्र रहेका असहाय तथा गरिब परिवारलाई गढीमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले सोमबार वडा न १ देखि वडा न ९ सम्मको छठ ब्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ ।
त्यसतै वहाले छठ गर्ने सबै ब्रतालुहरुलाई छठ पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको छ । आफुले आउदो दिनमा पनि आफ्नो गाउँको जनतालाई आफ्नो तर्फ बाट र नगरपालिकाको तर्फ बाट भरपर्दो सहयोग गर्ने वहाले प्रतिबद्धता समेत जनाउनु भयो ।
छठ पर्व को तेस्रो दिन मुख्य सुर्य देवलाई अराग दिने बेला नया लुगा लगाउने चलन र विश्वास रहेकोले बिपन परिवारमा आर्थिक आभाव को प्रभावमा पर्व मनाउन कुनै किसिमको बाधा न पुगोस भने उदेश्य साथ साडी वितरण गरिएको नगरप्रमुख यादवले बताउनु भएको छ ।








