राैतहट,२० कार्तिक । गरुडा नगरपालिकाका नेपाली काँग्रेसका नेता रामानन्द सहनी जनता समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ । गरुडा नगरपालिकाकाे नगरप्रमुखमा तत्कालीन समाजवादी पार्टी नेपालबाट निर्वाचित हुनु भएका श्री इन्न्नु राय यादव एवम जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश सदस्य अनिल यादवले गरुडा नगरपालिका वार्ड नं. २ निवासी ,नेपाली कांग्रेसका प्रभावशाली श्री रामानन्द सहनीलाई टिका तथा माला लगाई जसपा नेपाल मा प्रवेश गराउनु भएको छ । नव प्रबेशी श्री रामानन्द सहनीलाई उप मेयर प्रत्यासी राम विनय साह, वडा अध्यक्ष प्रत्यासी कृष्नन्दन सहनी , नेता शोभि सहनी , राम जस् सहनीले स्वागत गर्नु भएकाे थियोे ।








