बिरगंज , २० कार्तिक ।
तराईमा हुने हिन्दु धर्मालम्बिहरुको पर्व छठको अवसरमा आज छपकैया स्थित छठघाटको सरसफाइ गरियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय – प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत शनिबार बिहान सरसफाइ गरिएको केन्द्रका अध्यक्ष हाजि ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो ।
सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतमा जिल्ला पर्सा बी.म.न.पा. वडा न.२ स्थित रहेको छठघाट सरसफाई गरिएको हो।
सरसफाइ कार्यक्रममा वडा समिति कार्यालय वडा नं. २ का अध्यक्ष खलिल मिया , महिला सदस्य नेशा खातुन, छठघटा व्यबस्थापन समितिका अध्यक्ष प्रदिप राउत कुर्मी, पदाधिकारीहरु ,राइजिङ्ग बीरगंज नेपालका पदाधीकारीहरु , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ का वरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, स-सचिव मदन प्रसाद गुप्ता,सदस्य अब्दुल कैश मिया तेली, साहेब हुसेन, अरुण कुमार गोयल , प्र.स.नि. रामस्वार्थ प्रसाद यादव, प्र.ह. विजय प्रसाद पटेल, प्र.ज. राज कुमारा तामाङ लगायतको सहभागिता रहेको कोषाध्यक्ष प्रेम कुमारि सिंहले जानकारी दिनुभयो ।








