काठमाण्डाै – नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज बुधवार शपथ लिएका छन् ।

मनाेनित सदस्यहरूलाई आज ललितपुरकाे च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानकाे भवनमा आयाेजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे ।

मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ छन् ।

यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here