अखिलेश कुमार यादव । रौतहट ।रौतहटमा पुजारी श्रीराम साहको हत्याको १ बर्ष बितिसक्दा प्रहरीले अहिले सम्म हत्यारालाई कारवाहीको दायरामा न ल्याएको भन्दै हिन्दु परिषद रौतहटको आयोजनामा बृहत मोटरसाईकल र्याली शनिवार प्रदर्शन गरिएको छ । २०७७ भदौं ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको खाना खाँदै गरेको अवस्थामा देब्रे कन्चटमा गोली हानी हत्या गरिएको थियो।
हत्याको आरोपमा पक्राउ परेको देवाही गोनाही नगरपालिकाको वडा न १ को वडाध्यक्ष शेख नुरुल्लालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको भन्दै हिन्दु परिषद रौतहट आन्दोलनमा उत्रेका छन् । शेख नुरुल्लालाई र अर्का हत्याको आरोप लागेको नरेश पटेलको भाईको पैसाको बार्गेनिङ्ग गरेको अडियो क्लिप सार्वजनिक भए पछि हत्यारालाई कारवाही न गरेको भन्दै दवाब मुलक आन्दोलन गर्न बाध्य भएको नेपाल विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष त्रिभुवन ओझाले जानकारी दिएको छ ।
शिवनगर देखि गौर सम्म विशाल मोटरसाइकल रैलिको प्रदर्शनको आयोजना गरि हत्यारालाई कारवाही गर , हिन्दु एकता जिन्दावाद , हिन्दु बिरोधि मुर्दावाद , नेपाल लाई हिन्दु राष्ट्र कायम गर , न्यालय स्वतन्त्र कायम गर ,राजनेतीक हस्तक्षेप बन्द गर ,एकही नारा एकही नाम जय श्री राम जय श्री राम नाराका साथ गौर नगर परिक्रमा गरि बि पी चौकमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,नेपाल विश्व हिन्दु महासंघ संघठन विभाग प्रमुख बिजय प्रकाश निषाद , नेपाल विश्व हिन्दु महासंघ प्रदेश २ प्रमुख विशाल झा , विश्व हिन्दु महासंघ केन्द्रीय महासचिव जितेन्द्र सिंह , हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश शाह मदेशिया , प्रवक्ता पत्रकार अभिमनु पटेल ,नेपाल विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष त्रिभुवन ओझा हिन्दु सनातन धर्म मान्नेहरु , पत्रकार , समाजसेवी, लगायत भरभालाआदमीहरुको उपस्थिति रहेको थियो ।







