महोत्तरी । महोत्तरी प्रहरीले ठूलो सफलता हात परेको छ । डकैतीका मुख्य योजनाकारलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ (पुनरवास) बस्ने ४२ वर्षका कारी पासवान भनिने बिश्वनाथ पासवान रहेको छ ।
गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।
उनीहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरेर बिरेन्द्र साह, उनको श्रीमती तथा छोराछोरीलाई रड प्रहार गरी घाइते बनाएका थिए।
त्यस्तै साहमाथि कटुवा पेस्तोलबाट गोली हानी करिब ९ लाख बराबरको नगद तथा सुनचाँदीका गरगहनाहरु लुटेका थिए।
घटनाबारे जानकारी पाउनेबित्तिकै अनुसन्धानमा खटिएको प्रहरी टोलीले पासवनलाई पक्राउ गर्न सफल भएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए।
पासवान सो घटनाका मुख्य योजनाकार रहेको एसपी आचार्यले बताए। घटनामा संलग्न अन्य व्यक्तिहरु खोजी भइरहेको बताइएको छ।