राधेश्याम कुशवाहा। सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गोडैता नगरपालिका वार्ड न. ५ रामवन स्थित श्री जनता माध्यमिक विधालयको प्राङ्गणमा शुभ दिपावली तथा छठ पर्वको पर्वको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।No description available.

लोसपाको राष्ट्रिय अध्यक्ष ठाकुरको प्रमुख आतिथ्यता र सुरेन्द्र यादव को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम वरिष्ठ नेता राजेन्द्र महतो र शरद सिंह भण्डारी लगायत लोसपाको दिग्ज नेताहरुको उपस्थिति रहेको थियो ।No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका राष्ट्रिय अध्यक्ष तथा प्रमुख अतिथि महन्थ ठाकुर ले मधेशी जनतासंग राज्यले विभेद गरेको बताउनुभयो ।No description available.

राज्यको विभेद विरुद्ध हाम्रो लडाई जारी रहने छन, ठाकुरले भने । हाम्रो अधिकारको लडाईमा सबै मधेसीको जनता एक हुनुपर्नेमा समेत जोड दिनुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता राजेन्द्र महतो विभिन्न राजनीतिक कालखण्ड पार गर्दै पार्टीको नाम फेरिदै लोसपा गठन भएको बताउनुभयो ।No description available.

विभिन्न राजनीतिक समय परिस्थिति र चुनौतीका कारण पार्टीको नाम फेरिएपनी पार्टीको मुख्य उदेश्य र माग देशमा मधेसीको सम्मान मान ईज्जत र अधिकार नै रहेका छन, महतोले भने । मधेसीको सम्मान हक अधिकार, सुखी र समृद्व मधेसका लागि मधेसमा मधेसी अनुहारको भेषमा छुपेर रहेका बहुरुपियाको पहिचान गरि मधेसमा बहिष्कार गर्नुपर्ने बताए ।होस नारायण सिंहले संचालन गर्ने कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले स्वागत मन्तव्य राखेपछि कार्यक्रमको सुरुवात भएको थियो ।No description available.

कार्यक्रममा संघिय सांसद चन्दा चौधरी, पूर्व संविधान सभा सदस्य केदार नन्दन चौधरी, पूर्व प्रदेश मन्त्री जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा, प्रदेश सभा सदस्य उपेन्द्र महतो, गौरीनारायण साह, निलम देवी भुमिहारनी, रानी शर्मा तिवारी, जिल्ला संयोजक रामप्रसाद राय, बलरा नगरपालिका प्रमुख अभय सिंह, चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, पार्टी नेता प्रदिप नारायण यादव, अरुण सिंह, राकेश मिश्र, विधार्थी नेता मनिष मिश्रा, केन्द्रिय सदस्य नागेश्वर महतो, संचारकर्मी लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here