अखिलेश कुमार यादव । रौतहट ।
ग्रामीण बिकास केन्द्र (आरडिसि ) नेपालको आयोजनामा रौतहट उधोग बाणिज्य संघ रौतहटको सभाहलमा आयोजित पत्रकार सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
समान र न्यायीक समाजको लागि लैङ्गकि हिंसा न्यूनीकरण परियोजना अन्तर्गत महिला हिंसा न्यूनीकरणको क्षेत्रमा कलम चलाउने र पत्रकारिता क्षेत्रमा लामो समय देखि सक्रिय रहेको रौतहटका ७ जना पत्रकारहरुलाइ ग्रामिण शिक्षा बिकाश केन्द्र रौतहटले नगद सहित कदर पत्रले सम्मान गरेको छ ।

सम्मान हुनेमा नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि शैलेन्द्र कुमार गुप्ता, रातोपाटी डटकमका जिल्ला प्रतिनिधि संजय कुमार मिश्र, द हिमालय टाइम्सका जिल्ला प्रतिनिधि प्रभात झा, राजदेवी एफएमका सामाचार वाचिका बिना श्रीवास्तव, जनकपुर टुडेका जिल्ला प्रतिनिधि राकेश यादव र कान्तिपुर पत्रीकाका प्रतिनिधि शिवपुरी र अन्नपूर्णपोस्टका जिल्ला प्रतिनिधि फनिदेव महतलाई सम्मान गरिएको हो ।

समान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघको केन्द्रिय सचिव गोबिन्द चौलागाईले रौतहटको पत्रकारमा अहिले पनि एकताको धेरै खाचो रहेको र लागुऔषध काण्डमा पत्रकार फसाईएको बारे नेपाल पत्रकार महासंघको नेतृत्वमा गठित छानबिन समितिले अब चाडै प्रतिबेदन सार्वजनिक गर्ने समेत बताउनु भएको छ ।
ग्रामिण शिक्षा बिकाश केन्द्र रौतहटको अध्यक्ष पारस हुसेनले आउदो दिनमामा पनि ग्रामिण बिकाश केन्द्र नेपालले पत्रकारहरुलाई समानित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।कार्यक्रमको सुरुवात प्रदेश नम्बर २ को पत्रकार महासंघको उपाध्यक्ष रामानन्द गुप्ताको आत्माको शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरेर सुरुवात गरिएको थियो भने गाम्लामा पानि हालेर विधिवत रुपमा अतिथिहरुले कार्यक्रमको सुरुवात गरेको थियो 
उक्त समान कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष प्रेमचन्द्र झा, प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर शाही, प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरिया, सशस्त्र प्रहरी उपरीक्षक सुर्य सेन ओली, नागरिक समाज रौतहटको अध्यक्ष जगनाथ केशरी लगाएत दर्जनौ पत्रकारहरुको उपस्थिति रहेको थियो ।








