अखिलेश कुमार यादव । रौतहट ।
गढ़िमाई नगरपालिकाको वडा न १ समनपुरमा अवस्थित रहेको श्री शंकर गुदर उच्च माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माणको लागि गढ़िमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले मंगलबार एक कार्यक्रमको बीच शिलान्याश गर्नु भएको छ ।
सशर्त अनुदान अन्तर्ग करिव ६० लाखको लागतमा ४ कोठे बिधयालय भवन निर्माण हुने गढ़िमाई नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताउनु भएको छ ।
श्री शंकर गुदर उच्च माध्यमिक विद्यालय समनपुरमा बिद्यार्थीको संख्या बढी भएकोले गर्दा पठनपाठनको लागि कक्षा कोठाको अभाव भएको खबर आफुले पाए लगतै बिद्यालयको लागि नगरपरिषदमा बजेट छुट्याएर नयाँ भवन निर्माण हुन् लागेको नगरप्रमुख श्याम यादवले बताउनु भएको छ ।
यसै आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुने गरि कार्य अगाडी बढाइने नगरपालिकाले जनाएको छ ।
उक्त शिलान्यास कार्यक्रममा वडा न १ को अध्यक्ष रामविनय यादव, लेखा प्रमुख कामेश्वर सहनी, लगाएत भर भलादमीको उल्लेखनीय उपस्थिति रहेको थियो ।








