अखिलेश कुमार यादव । रौतहट ।

रौतहटमा ठगीको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको वडा न १ को गौरीशंकर साह कलवारको छोरा बिकेश जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको विकेश जयसवाल दलित जनजाती उथान केन्द्र कलैयाको बाराका प्रोग्राम कोडिनेटर समेत रहेको प्रहरीले जनाएको छ ।३०००/३३०० का दरले अबैध रुपमा पैसा उठाई ठगी गरि रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले प्रभु बैंकको गेट अगाडी प्यासेजमा बिकेश जयसवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताउनु भएको छ ।

विकेश जयसवालको साथ् बाट प्रहरीले नगद ६०७०० रुपैयाँ समत बरामद भएको प्रहरीले बताएको छ ।अदालत बाट म्याद ठप्प गरि अनुसन्धान अगाडी बढाईएको प्रहरी उपरीक्षक घिमिरेले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here