उतराखण्ड । भारतका उतराखण्डमा भारी वर्षाको कारणले आएको बाढीका परि कम्तीमा ४६ जनाको ज्यान गएको छ ।
सोमबार र मंगलवार उतराखण्डमा कम्तीमा ४६ जना को ज्यान गएको छ भने केही मानिसहरु बेपता समेत भएका छन।
त्याहा देखीएका तस्विर तथा भिडियोहरुमा बाटोमा पानी घरहरु तथा पुलहरु भत्किएको देखिएका छ।
विज्ञहरुलो हिमाली राज्य उत्तराखण्डमा जलवायु परिवर्तनसँगै अव्यवस्थित विकास प्रयासको प्रभाव देखिएको बताएका छन्।
दुवै राज्यमा अहिलेसम्मकै भारी वर्षा भएको छ। भारतको मौसम विभागका अनुसार केरलामा यो समयमा औसतमा १९२।७ मिलिमिटर पानी पर्ने गरेकोमा ४५३।५ मिलिमिटर वर्षा भएको छ।
उत्तराखण्डमा सामान्यतया अक्टोबरमा ३०।५ मिलिमिटर पानी पर्ने गरेको थियो तर पछिल्लो २४ घण्टामा १२२।४ मिलिमिटर पानी परेको छ।








