जनकपुरधाम,१८ असोज । जनमत पार्टी नेपालका समर्थकहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोडका साथै तालाबन्दी गरेको छ । विभिन्न मांग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुलाई प्रवेशमा अवरोध गरेपछि नारावाजी गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समुह उपमहानगरपालिकामा प्रवेश गरि न्यायिक समितिमा तोडफोड गर्नुका साथै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेको खवर छ । त्यसै गरि सो समुह जनकपुरधाम स्थित प्रदेश २ को मुख्यमन्त्री कार्यालय तर्फ समेत अगाडि बढेको छ । मुख्यमन्त्री कार्यालय घेराउ गर्दै उनीहरु त्यहाँ पनि प्रदर्शन गर्ने कार्यक्रम छ ।समाचारको विस्तृत विवरण आउन वाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here