अखिलेश कुमार यादव ।रौतहट ।
गौर नगरपालिकामा १ दिने निशुलक आँखा शिविरको शनिवार एक कार्यक्रको बीच उद्घाटन गरिएको छ । गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ताले १ दिने निशुल्क आँखा शिविरको उद्घाटन गर्नु भएको छ ।
गौर नगरपालिकाको आयोजना तथा डाक फाउन्डेसन को आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालको संयुक्त आयोजनामा १ दिने निशुल्क आँखा शिविरको शनिवार उद्घाटन गरिएको छ ।
गौर नगरपालिकाको प्राङ्गण र गौर नपा वडा नं.८ पुरेनवा आधारभूत बिद्यालयमा शिविर संचालन गरिएको गौर नगरपालिकाले जनाएको छ ।
अन्य जिल्ला लगायत भारतीय नागरिकले पनि यो नि:शुल्क आँखा शिविरमा उपचार गराउन पाउने अभिप्रायले शिविरको आयोजना गरिएको नगरप्रमुख गुप्ताले बताउनु भएको छ । यस शिविरमा अपरेसन देखि सम्पुर्ण सेवा सुविधा नि:शुल्क हुने नेपाल नेत्र ज्योति संघ गौरले जनाएको छ ।










