काठमाडौं १३ माघ  ।

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३
गते सोमवारको लागि मिति तोक्नुभएको हो । उहाँले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमलाई निर्देशन समेत दिनुभयो । बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आगामी बैठक माघ २३ गते सोमवार बिहान ११ः५९ मा बस्नेगरी बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here