रौतहट। गौर नगरपालिकाको नगरप्रमुख अजय कुमार गुप्ताले एक कार्यक्रमको बीच गौर नगरपालिकाको वार्ड नम्बर ९ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिंग सेन्टरको उदघाटन गर्नु भएको छ l
उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले सबै नगरवासीको साथ् र सहयोगबाट बिकाशका कतिपय कार्यहरु पुरा हुदै गएको बताउनु भएको छ l
उनले बर्थिंग सेन्टरको उदघाटन र संचालनले सिर्सियावासीलाई सहज र सुरक्षित प्रजनन्को अवस्था सुनिश्चित भएको बताउदै भबिस्यमा सिर्सियाको बिकाह अगाडि बढ्दै जाने बताए ।
उनले आफ्नो कार्यकालमा सिरसियामा बिभिन्न सडकहरु बनाएको, बिधालय भवनको निर्माण संगै शैक्षिक गुणस्तर बढाउन लागि परेको , कृषकहरुको लागि बिउ तथा प्रविधिमा अनुदान दिएको बताउदै उनले बिकाशको गतिमा सहयोग गर्नु पर्नेमा जोड दिए l
उदघाटन गरिका बर्थिंग सेन्टर २४ औ घण्टा संचालनमा रहने र सुबिधा सम्पन्न हुनेछ l वार्ड अध्यक्ष राजेश सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उप प्रमुख किरण ठाकुर, बिभिन्न वार्डाका वार्ड अध्यक्षहरु लगायतका सहभागिता रहेको थियो l








