१८ साउन,  ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा दुई हजार जना मानिस अटाउने होल्डिङ सेन्टर तयार भएको छ । कोरोना महामारीको समयमा भारतबाट फर्किएका शंकास्पद संक्रमितलाई राख्न होल्डिङ सेन्टर बनाउन सुरु गरिएको थियो ।नगढी उपमहानगरपालिका–३ बडहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ को सालघारीमा एक÷एक हजार जना अटाउने होल्डिङ सेन्टर तयार भएको निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका साइड इन्जिनियर बिक्रम गैरेले जानकारी दिए ।

‘हामीले दुवै जिल्लामा होल्डिङ सेन्टर निर्माणको काम एक महिना अघि नै सम्पन्न गरिसकेका छौं । अहिले नेपाली सेनालाई संरचना हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेको छ’, गैरेले अनलाइनखबरसँग भने । उनका अनुसार नेपाली सेनाले सम्झौताअनुसार भएका कामको विवरण रुजु गर्दै बुझ्ने क्रम चलिरहेको छ ।

धनगढीमा २८ करोड ८१ लाख रुपैयाँको लागतमा विभिन्न ५९ वटा संरचना निर्माण गरिएको छ । जसमा ५०/५० जना अटाउने क्षमता भएका २२ वटा क्वारेन्टिन ब्लक, दुई वटा प्रशासनिक भवन, १२ वटा डाइनिङ हल, तीन वटा भान्छा र २२ वटा शौचालय निर्माण गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here