रौतहट । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्सविरुद्ध रोमान्चक जित निकालेको छ ।

दुबईमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा राजस्थानले पञ्जाबमाथि २ रनको रोमाञ्चक जित हात पारेको हो ।राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभर नै ब्याटिङ गरे पनि ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि मात्र ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि उ जितबाट बञ्चित हुन पुग्यो ।

पञ्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले । उनले ४३ बलको समाना गर्दै ७ चौका र २ छक्का प्रहार गरे ।कप्तान केएल राहुलले ४९, निकोलस पुरणले ३२ रन जोड्दा एडिन माक्रमले अविजित २६ रन बनाए ।राजस्थानका कार्तिक त्यागीले २ तथा चेतन साकरिया र राहुल तेवाटियाले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सबै विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो ।राजस्थानका यजस्वी जयसवालले ४९, महिपाल लोम्रोरले ४३ र इभिन लुईसले ३६ रन जोडे ।पञ्जाबका अर्शदिप सिंहले ५ विकेट हात पार्दा, मोहम्मद शामीले ३, इशन पोरेल र हरप्रित ब्रारले समान १–१ विकेट हात पारे ।यो जितसँगै राजस्थान ८ खेलमा ८ अंकका साथ पाँचौं स्थानमा उक्लिदाँ सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here