हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ । यसको साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागि रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी, कोशी प्रदेशका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहने छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here