वीरगञ्ज । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका १२ स्थित पोखरीमा डुबेर वडा नं. १५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको ज्यान गएको हो ।

शनिबार दिउँसो हराएका दुबै बालकको खोजविनको क्रममा पोखरीमा श’व फेला परेको पर्साका प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

साँझपख पोखरी नजिक खेली रहेको समयमा ती स्कुले बालकहरु डुबेर बेप्ता भएको थियो । राति करिब १० बजे बच्चा फेला परेपछि तराई अस्पालमा लगिएको थियो ।दुबै बालकको श’व पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here