अखिलेश कुमार यादव ।रौतहट ।
कोभिड १९ को महामारी परिवार योजना सेवामा सबैको पहुच बराबरी भन्ने मूल नाराका साथ ८ औं राष्ट्रिय योजना परिवार दिवश गौर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मनाएको छ।

UNFPA र WEM को आयोजना तथा गौर नगरपालिकाको समन्वयमा ८ औं राष्ट्रिय योजना परिवार दिवश किशोर किशोरी तथा स्वास्थ्यकर्मिको उपस्थितिमा मनाईएको छ ।महिलाहरुमाले अस्थायी रुपमा अपनाउने ५ प्रकारको परिवार नियोजनको बारेमा कार्यक्रममा उपस्थित रहेको स्वास्थ्यकर्मिहरुले महिलाहरु समक्ष कुन बिधि परिवार नियोजनको लागि अपनाउदा महिलाहरु सुरक्षित र स्वस्थ रहन्छ भन्ने बारे कार्यक्रममा उपस्थित रहेको किशोर किशोरी तथा महिलाहरुमा तयसको बारेमा स्वास्थ्यकर्मिहरुले प्रकाश परेको थियो ।
गौर नगरपालिकाले परिवार योजना सेवालाई गुणस्तरीय, सुरक्षित प्रभावकारी बनाउने तथा विशेष गरी दुर्गम, जनजाति, दलित तथा पिछडिएका वर्गहरूमा लक्षित गरी सेवाको पहुँच बढाउने रणनीति लिएको गौर नगरपालिकाको उपप्रमुख किरण ठाकुरले बताउनु भएको छ।
परिवार योजना कार्यक्रमलाई योजनाबद्ध रुपमा विकास गर्ने उद्देश्य बारे कार्यक्रममा उपस्थित रहेको किशोर किशोरीहरुलाई स्वास्थ्यकर्मीले प्रकाश पारेको थियो ।
परिवार नियोजनका अस्थायी आधुनिक पाँच प्रकारका साधन (ढाल, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसीडी)को प्रयोगदर बढ्न नसक्नु (स्थिर रहनु), परम्परागत विधिका प्रयोगकर्ता उल्लेख्यरूपमा बढ्नु, असन्तुलित दरमा प्रजननदर घट्नु र परिवार नियोजनका साधन चाहेर पनि पाउन नसक्ने दर (अनमेट निड) घट्नुले परिवार योजना कार्यक्रम सङ्कटमा पर्दै गएको गौर नगरपालिकाको मेयर किरण ठाकुरले बताउनु भएको थियो ।
लामो समय काम गर्ने परिवार नियोजनका अस्थायी साधन जन्म नियन्त्रणका लागि प्रभावकारी भए पनि नेपालमा यसको प्रयोग कमै हुने गरेको छ । महिलामा ती साधनका ज्ञान कम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलासम्म नपुग्नु, ती सेवामा आवश्यक दक्ष स्वास्थ्यकर्मी नहुनुले पनि कम प्रयोग भएको गौर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनबन्धु यादवले प्रष्ट पार्नु भएको थियो ।
कर्यक्रमको सहजिकरणकोलागी सहजकर्ताको रुपमा स्वास्थ्य अधिकृत प्रमोद यादव हुनुहुन्थ्यो । परिवार योजनाकासेवाहरु प्रत्येक दम्पतिहरुसमक्ष पुर्याउने प्रतिवध्ताका साथ कार्यक्रमको सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गौर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनबन्धु यादव,स्वास्थ्य अधिकृत प्रमोद यादव, शिक्षा शाखा प्रमुख गणेश गिरि, महिला शाखा प्रमुख सलोनी केशरी लगाएतको उपस्थिति रहेको थियो ।










