बिरगंज ।मुख्यमन्त्री लालबाबु राउतले उत्पीडनमा परेका समुदायले संविधान आफ्नो नठानेसम्‍म संघर्ष जारी रहने बताउनुभयाे । बीरगन्ज घण्टाघर स्थित शहीद पार्कका २०६२-०६३ र ०७२ सालको मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरु तथा बाबा रामजनम तिवारीको प्रतिमामा माल्यार्पण गरेका थिए ।

‘सबैको संविधान नभएसम्म, उत्पीडनमा रहेका समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो संघर्ष जारी रहन्छ ।’ ‘ बाँकी अधिकारका लागि पार्टीले आन्दोलनमा नै छ ।’ प्राप्त भएका उपलब्धिको संस्थागत नभएसम्‍म जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने हाे ।

संविधान मार्फत प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष जारी रहेको हाे । प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको हाे । सांसद प्रदीप यादवले पनि शहीदहरुको प्रतिमामा माल्यार्पण गरेका थिए ।

असोज ३ गते संविधान जारी भएका दिन वीरगञ्जमा विरोध प्रदर्शन भएको हाे । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शत्रुधन पटेलको मृत्यु भएको हाे । बगहीका मन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here