k|ltlglw;ef a}7s cj?4 sf7df8f}F, @& ebf} M k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf k|d'v k|ltkIf bn g]skf - Pdfn]_sf ;f+;bx?n] lj/f]w / gf/fafhL ub}{ tl:a/M /Tg >]i7 ÷/f;;

काठमाडौँ- संसदको अवरोध हटाउने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आज दिउँसो साढे २ बजे सर्वदलीय बैठक बोलाउनुु भएको हो ।

बैठकमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

हिजोको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here