२०७८ ,२१ भाद्र ।

आगामी मंसिर ९–१३ मा हुने  १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले रातोपाटीलाई जानकारी दिए ।१३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।काँग्रेसभित्र तेस्रो धारका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट उनी महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन् । १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापाले रामचन्द्र पौडेल समूह रोज्ने संकेत देखाएपछि सिटौलाले पौडेललाई महामन्त्रीमा अगाडि सार्ने तयारी थालेको बुझिएको छ ।१४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिने रणनीतिमा रहेका सिटौलाले प्रदीपलाई महामन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । पौडेलले त्यही अनुसार तयारी गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here