रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आफ्नो नगरपालिका भित्रको जनताको लागि जिल्लामा नै उदहारनिय कार्य गरेको छ ।
कटहरिया नगरपालिकाले आफ्नो नगरपालिका भित्रको जनताको लागि कृषि प्रयोजन र घरायसी खपत भएको विद्युत महसुल नगरपालिले भुक्तानी गर्ने सुचना प्रकाशन गरेर सर्वसाधारणलाई सुचित गराएको छ ।
कृषि कार्यका लागी विद्युत जडान भएको विद्युत महसुल र घरायसी खपत भएको विजुली महसुलको विल सम्बन्धित वडा कार्यालयमा बुझाउन नगरबासीलाई अनुरोध गरेको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भएको छ ।
नगरपालिकाको स्रोत र साधन प्रयोग गरि नगरपालिकाका सम्पुर्ण वडाहरुमा स्वच्छता अभियान अन्र्तगत निशुल्क रुपमा शौचालय सफाई कार्यक्रम चालु रहेकाले २०७९ असार मसान्तसम्म आफ्नो शौचालयहरु समेत निशुल्क सरसफाई गर्न नगरपालिकाले आम नगरबासीमा सुचना निकालेर जानकारी गराएको छ ।
नगरपालिकाले विद्युत महसुल भुक्तानी गर्नुको साथै शौचालय पनि सरसफाई निशुल्क गर्ने निर्णयले स्थानियहरु खुसि हुदै नगरप्रमुख सियाराम कुशवाहालाई धन्यवाद ज्ञापन समेत गरेको छ ।








