२०७८ ,२१ भाद्र ।

महोत्तरीमा लागु औषधसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोर्खाको बुढीगण्डकी गाउँपालिका२ का २३ वर्षीय अजय परियार र नुवाकोटको विदुर नगरपालिका७ का ३० वर्षीय संजय भट्ट रहेका छन्।आइतबार साँझ पक्राउ परेका उनीहरुको साथबाट नाइट्राभेट ट्यावलेट २३७० थानप्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थानओफिन इन्जेक्सन ११८ थानडाइजेल्याव इन्जेक्सन १७१ थानडाइजेपाम इन्जेक्सन ४६ थान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए।सशस्त्र प्रहरीले सम्सी गाउँपालिका७ चाँदनी चोकमा प्रदेश नं. ०२०२२ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेक गर्दा कालो झोलामा अगरबत्तीभित्र लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक सापकोटाले बताए। पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि प्रहरीलाई जिम्मा लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here