एमसीसी खारेज राष्ट्रिय अभियान नामक समूहले शुक्रबार बिहान दूतावास अगाडि प्रदर्शन गरेको हो ।दूतावास अगाडि प्रदर्शन गर्ने युवा जनसेवक नेपालको केन्द्रीय अध्यक्ष जनक ढुंगाना, उपाध्यक्ष कुलदीप शर्मा, एमसीसी खारेजी अभियानका अध्यक्ष निर्ग जैसीलगायतलाई प्रहरीले दूतावास अगाडिबाट पक्राउ गरेको थियो ।विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन नसकिरहेका बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउने भएका छन् । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।
Home मुख्य समाचार एमसीसी सम्झौता खारेजीको माग गर्दै महाराजगञ्जस्थित अमेरिकी राजदूतावासअगाडि केही युवाले प्रदर्शन गरेका...






