महोत्तरी, भदौ १८ गते ।

मलामीबाट फर्केर पोखरीमा नुहान पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ स्थित जनता माबि बिधालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका स्थानीय ५० वर्षीय उपेन्द्र बैठाको शव शुक्रबार बिहान फेला परेको हो ।बैठा मलामीबाट फर्केपछि बिहीबार साँझ नुहाउने क्रममा पोखरीमा बेपत्ता भएका थिए ।साँझदेखि नै स्थानीय र प्रहरीले खोजविन गर्दा शुक्रबार बिहान ७ बजे उनको शव फेला परेको हो ।उनको शवलाई मुचुल्का गरी पोस्टमार्टमको लागि जलेश्वर अवस्पताल लग्ने तयारी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here