चितवन, १६ भाद्र ।
चितवन ट्राफिक प्रहरी कार्यालयले बुधबार चालक तथा सहचालकको लागि विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
रत्ननगर नगरपालिका वडा नं १ सौराहचोक र ईच्छाकामना गाउपालिका वडा नं. ४ कुरिन्टारमा ट्राफिक प्रहरीको आयोजना तथा विभिन्न संस्थाको सहयोगमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक जनचेतनामूलक कार्यक्रममा आँखा तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको हो ।
ट्राफिक प्रहरीले छोटो तथा लामो दुरीका सवारी साधनका चालक तथा सहचालकहरुको आँखा तथा रक्तचाप परिक्षण गरी सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी पर्चा पम्प्लेट बितरण र स्टिकर टाँस समेत गरि सम्झाई बुझाई यात्रा गर्न प्रेरित गरिएको ट्राफिक प्रहरी चितवनले जनाएको हो।








