अजित भुजेल ।
बिरगंज, १६ भाद्र ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली तस्करी गरी नेपाल भित्राएको माल समान पक्राउ गरि भन्सार दाखिला गरेको छ ।
प्रहरी अन्दाजी १६ लाख ६ हजार ७ सय ५३ ररुपैया बराबरको औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल समेत फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।







