काठमाडौँ – सर्वोच्च अदाललते पूर्वप्रधानमन्त्री खलनाथ खनाललाई राज्यकोषबाट उपचार खर्च दिनुको कारण पेश गर्न आदेश दिएको छ।
खनाललाई सरकारले दिल्लीमा उपचार गराउन पैसा दिएको विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो। अघिल्लो सरकारले खनालाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो।
अधिवक्ता विमल पोखरेलले दायर गरको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र त्यसबारमा जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आदेश दिएको छ।
खनाल उपचारपछि सामेबार स्वदेश फर्र्किएका छन्। मिर्गौला प्रत्यारोपण गरेका खनालले आफ्नो स्वास्थ्य ठिक भएको जनाएका छन्।








