रौतहट । रौतहटको बौधीमाइमा शनिबार ५४१ घर परिवारलाई निशुल्क ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरिएको छ । रौतहटको बौधीमाई नगरपालिकाको वडा नं १ बौधा र अजगैबीमा वडाध्यक्ष गुदर राय यादवको अध्यक्षतामा ५४१ जना घरपरिवारलाई सो ग्याँस सिलिन्डर तथा चुल्हो रेगुलेटर पाईप बितरण गरिएको वडा अध्यक्ष गुदर राय यादवले रेडखबर अनलाईनलाई बताउनु भएको छ । ग्यास सिलिण्डर वितरणमा भने सोही वडाका २ जना निर्वाचित सदस्यले भने असष्तुष्टि जनाएका छन ।SITENAME

२ वडा सदस्यले ८ सय परिवारलाई पुग्ने गरि चालिस लाख रकम नगरपालिकाले विनियोजन गरेका तर ५४१ घरपरिवारलाई मात्र ग्यास वितरण गरेकाले अनियमितता भएको आशांका गरेका छन । नगरपालिकाले आफ्नो मनलाग्दी ढंगले ग्यास वितरण गरेकाले त्यसमा असहमति रहेको उनीहरुको भनाइ रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here