जनकपुर-प्रदेश २ का २ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लालबाबु राउतले हेरफेर गरेका हुन् ।

विजय यादवलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएको पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले जानकारी दिए । दुवैजना सुरुवाति समयदेखि नै मन्त्रीमण्डलमा रहेका छन् ।

हाल प्रदेश २ मा तीन दलको सरकार रहेको छ । जसमा जसपाबाट मुख्यमन्त्री लालबाबु राउत, अर्थ मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्येग, पर्यटन तथा वन मन्त्रीमा रामनरेश राय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव रहेका छन् ।

नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, महिला बालबालिका तथा खेलकुद मन्त्रीमा वीरेन्द्र सिंह र खानेपानी तथा उर्जा मन्त्रीको रुपमा ओम प्रकाश शर्मा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट भरत प्रसाद साह आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रुपमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here