काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

नयाँ बानेश्वरमा आज आइतवार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

यसैगरी बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पार्टीले यही भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here