गौर । रौतहटको सदरमुकाम गौरस्थित सूर्य ब्याम्बु रेष्टुरेन्ट एण्ड बारमा आईतबार बिहान २ बजे आगलागी भएको छ । गौर नगरपालिकाको वडा नम्बर १ स्थित राधाकृष्ण मन्दिर अगाडी विगत लामो समयदेखि सञ्चालनमा रहेको सो रेष्टुरेष्टमा आइतबार बिहान २ बजे एक्कासी आगलागी भएपछि ८ लाखको क्षति भएको बारका म्यानेजर अशोक श्रेष्ठले रेडखबर अनलाईनलाई बताउनु भएको छ ।No description available.

अविरल बर्षाका कारण रौतहटका अधिकांस क्षेत्र डुवानमा पर्दै गर्दा सो रेष्टुरेष्ट पनि डुवानमा परेपछि बारका कर्मचारी सहित सञ्चालकहरु राती १ बजेसम्म मोटरले पानी निकाल्दै गरेको र २ बजेको समयमा एक्कासी किचेनमा आगो सल्किएपछि त्यसलाई नियन्त्रण गर्न नसक्दा किचेनमा रहेका सम्पुर्ण भाडाकुडा , फ्रिज , पंखा , भौतिक सामग्री लगायत होटलमा आवश्यक सम्पुर्ण मेसिनहरु जलेर नष्ट भएको म्यानेजर श्रेष्ठले बताउनु भयो ।No description available.

आगो कसरी लाग्यो आफु अनविज्ञ रहेको उहाको भनाई रहेको छ । स्थानियले आगो नियन्त्रणमा लिन नसकेपछि वारुणयन्त्र सहित प्रहरी , स्थानियहरुको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । सो घटनाको थप अनुसन्धानको कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here