गौर -रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलले गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषण खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुभएको हो ।
वडा अध्यक्ष ब्रह्मदेव कुर्मीको सहभागितामा स्वास्थ्य चौकी देवाहीको प्राङ्गणबाट नगरभरिका लगभग २३ सय जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई वितरण गरिनेछ ।
खाद्यान्न सामाग्री क्रमश: मसुरो (मसुरीदाल): १कि. भटमास: ५०० ग्रा., मुंगदाल: १ कि., मटरदाल: १ कि., चनादाल: १ कि. र नुन १ कि.
स्वास्थ्य सामाग्री क्रमशः ब्रश : १पि., पेस्ट: १पि., नुहाउनेकपडाधुनेसाबुन: १-१ पि. र मास्क: १पि. इत्यादी सहितको खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरू वितरण हुँदै आएको छ ।