गौर । रौतहटमा आयआर्जनको माध्यम रहेको धान खेतीका लागि आवश्यक रासायनिक मलको अभाव भएको छ । धान खेतीमा रासायनिक मल हाल्ने समय भएकाले रौतहटका १८ वटै स्थानिय तहको किसानहरु मलको खोजीमा भौतारिदै हिडिरहेका छन ।
धानबालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटासजस्ता रासायनिक मल पाउन नसकिएकोले धानको बालीमा बिभिन्न किसिमको रोग लाग्ने गरेको किसानहरूको भनाइ रहेको छ । मल वितरणको लागी सहकारी संस्थाहरुलाई मात्र दिएकाले अन्य एग्रोभेट तथा बिउबिजन पसलहरुमा रासायनिक मल खरिद विक्रि नहुने र सहकारी संस्थाहरुले किसानहरुलाई आवश्यक मल उपलब्ध गराउन नसकेको प्रति किसानहरुले दुख व्यक्त गरेको छ ।
आवश्यक मल नपाउदा धान बिग्रने र उत्पादनमा कमी आउने भन्दै सहकारी संस्थालाई मात्र नभइ एग्रोभेट , बिउबिजन पसलहरुमा समेत मलखाद विक्रि वितरणको ब्यबस्था गर्नु पर्ने किसानहरुले बताएको छ । चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारका किसानलाई रासायनिक मल उपलब्ध गराउने महिला जनजागरण बहुउद्देश्यीय सहकारी संस्था नामक डीलरले पनि आफुले कृषकको आवश्यकता अनुसार मलखाद उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन ।
आफुहरुलाई रासायनिक मल नै कम मात्रमा आईरहेकाले किसानहरुलाई आवश्यक मल वितरण गर्न नसकेको सकहारीका संस्थापकको भनाई रहेको छ । किसानको आवश्यकता बढी रहेको तर माग अनुसारको मलखाद आपूर्ति हुन नसकेपछि मल वितरणमा समस्या भएको संस्थाले जनाएको छ ।