गौर- प्रदेश २ सरकारका प्रदेश सांसद तथा रौतहट जिल्लाको क्षेत्र न २ को प्रदेश सांसद रामकिशोर यादवले छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।
प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम रहेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल वितरण गर्नु भएको हो ।
देवाही गोनाही नगरपालिकाको श्री माध्यमिक विद्यालयको आयोजनामा प्रेमपुर गोनाही टोलको बिभिन्न आधारभुत विद्यालयको अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गरिएको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै प्रदेश सांसद तथा बिधायक रामकिसोर यादवले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको वहाले बताउनु भएको छ ।
विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा प्रदेश सांसद तथा बिधायक रामकिसोर यादव,मुस्लिम संघको प्रदेश सदस्य तथा मुस्लिम संघको रौतहट जिल्लाको इन्चार्ज शेख अनवर हासमी ,बिशिस्ट अतिथि देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेल , श्री माध्यमिक बिधालयको प्र .अ. लगायत बिभिन्न कार्यकार्ताहरुको उपस्थिति रहेको थियो।










