काठमाण्डाै:नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान भएको बैठकमा पौडेल पक्षले जिल्ला सभापतिहरुको मागमा समर्थन गर्ने निर्णय गरेको हो ।जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् । हिजो पार्टी कार्यालय सानेपामा धर्ना दिएका दिएका जिल्ला सभापतिहरुले आज रिले अनसनमा बस्ने बताएका छन् ।
क्रियाशिल सदस्यता छानबिनमा अपनाइएको मापदण्डबारे जानकारी लिन जिल्ला सभापतिहरूले बिहान कार्यदल सदस्य मीनेन्द्र रिजालसँग छलफल गरेका थिए ।तर, छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा बस्ने भएका हुन् । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंगाउँदै सोमबार राति सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।