रौतहट, ६ भदौं //रौतहटको गरुडामा सुबिधा सम्पन्न ब्लु मुन रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।
५५ लाखको लगानीमा संचालनमा आएको गरुडाकै सबैभन्दा ठूलो २०० जना एकैसाथ अट्ने सिट क्षमता भएको रेस्टुरेन्ट को संचालक देवाही गोनाही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ब्रह्मदेव राउत का छोरा सचितानन्द पटेल रहेका हुन्।
गरुडा ईलाका प्रहरी कार्यालयको पछाडि पट्टीको रिङ्गरोड छेउमा संचालन भएको रेस्टुरेन्टमा,सभाहल सहित सेमिनार, भोज भतेर पार्टी ,बर्थडे पार्टी,छेका समारोह लगायत विभिन्न कार्यक्रम गर्न सेवा दिने लक्ष्य राखि ब्लु मुन रेस्टुरेन्ट एण्ड बार संचालन गरेको व्यवसायी पटेलले बताउनुभयो।
रेस्टुरेन्टमा नेपाली,नेवारी,ईट्टाली,चाईनिज, ईण्डियन, थाईलगायत एसियन फुड्सको सेवा उपलब्ध गराउनेगरी होटल सञ्चालन गरिएको र पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमीनार हलको व्यवस्था पनि रहेको रेस्टुरेन्टका संचालक पटेलले बताए।
रेस्टुरेन्टका एक भव्य समारोहका बीच गरुडा नगरपालिका का नगरप्रमुख ईनु राय यादव र देवाही गोनाही नगरपालिका का नगरप्रमुख धर्मेन्द्र पटेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
सो उदघाटन समारोह मा गरुडा का नगर प्रमुख यादवले,देशमा रोजगारी न पाएर धेरै युवाहरु बैदेशिक रोजगारीका लागि बाहिर गइरहेको अवस्था छ तर स्वदेशमै रहेर केही गर्छु भनी सोंचका साथ रेस्टुरेन्ट संचालनमा ल्याएर सराहनीय काम गरेको भन्दै मेयर यादवले रेस्टुरेन्ट को उन्नति प्रगति को लागि कामना समेत गर्नुभयो।
उक्त रेस्टुरेन्टको उदघाटन समारोहमा विभिन्न दलका राजनैतिक कर्मीहरु,गरुडाका व्यापारीहरु,प्रशासन,पत्रकार एवम विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।







