काठमाडौं,६ भदौ// नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ । नेकपा एमाले छाडेर माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रले कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो ।
आईतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले, ‘ कम्युनिस्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’ प्रतिक्रिया दिएका छन् ।