रौतहट, ३ पौष ।
रौतहटको कटहरिया नगरपालिका वडा न ४, टोलापुरमा स्वास्थ चौकी तथा नागरिक आरोग्य सेवा केन्द्रको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
शुक्रबारका दिन स्वास्थ्य चौकी तथा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन प्रमुख अतिथी प्रदेश सभा सदस्य माननिय कुन्दन प्रसाद कुशवाहा, विशिष्ट अतिथी कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिका प्रमुख रिना साहले सयुक्त रुपमा गर्नु भएको हो ।

समारोहको सभापति एवम कटहरिया नगरपालिकाको प्रवक्ता तथा वडा नं४ का अध्यक्ष चन्दन कुमार कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका नगर अध्यक्ष योगेन्द्र साह, कार्यपालिका सदस्य रामप्रबेश साह, न्यायिक समिति सदस्य सोनेलाल साह, दिनकर महतो, वडा अध्यक्षहरु राजकुमार साह, हरिभजन साह उच्च माध्यमिक विधालय कटहरिया प्रअ योगेन्द्र प्रसाद कुशवाहा, हेल्थ पोस्ट प्रमुख डाक्टर यसु मल्ल, युवा सर अजल साही लगायत स्थानिय वासीहरुको उपस्तिथि रहेको थियो।








